दफा २१
कसुर
कसैले देहायको कुनै कार्य गरेमा, गर्न लगाएमा वा गर्न सहयोग गरेमा यस ऐन बमोजिमको कसुर गरेको मानिनेछः-
(क) झुट्टा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिएमा वा लिन प्रयत्न
गरेमा,
(ख) यस ऐन बमोजिम राहदानी वा यात्रा अनुमतिपत्र नलिई विदेश भ्रमण
गरेमा वा गर्ने प्रयत्न गरेमा,
(ग) नेपाल सरकारले दिएको आदेश वा निर्देशनको पालना नगरेमा,
(घ) जुन उद्देश्यको लागि राहदानी जारी गरिएको हो सो बाहेक अन्य
उद्देश्यको लागि राहदानीको प्रयोग गरेमा,
(ङ) आफ्नो राहदानी अखरूलाई प्रयोग गर्न दिएमा वा अर्काको नामको राहदानी
प्रयोग गरेमा,
(च) राहदानीमा भएको फोटो वा विवरण सच्याएमा,
(छ) अन्य व्यक्तिको राहदानी निजको मञ्जुरी नलिई बदनियतपूर्वक नियन्त्रणमा
राखेमा,
(ज) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप हुने गरी अन्य कुनै
काम कारबाही गरेमा ।