दफा २५
कसूर गरेको मानिने
कसैले देहाय बमोजिमको कार्य गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछः–
(क) दफा ४ को उपदफा (३) विपरीतको कार्य गरेमा,
(ख) प्रचलित कानून बमोजिम बाहेक रोजगारी दिने व्यक्तिले दफा ६ विपरीत भेदभाव गरेमा,
(ग) रोजगारदाताले दफा ७ विपरीत रोजगारीबाट हटाएमा,
(घ) यस ऐन बमोजिमको बेरोजगार सहायता वा निर्वाह भत्ता प्राप्त गर्न झुट्टा विवरण पेश गरेमा,
(ङ) जुन उद्देश्यको लागि बेरोजगार सहायता रकम लिइएको हो सो उद्देश्यका लागि प्रयोग नगरी अन्यत्र प्रयोग गरेमा।