दफा ३२
कसूर गरेको मानिने
कसैले देहाय बमोजिमका कुनै कार्य गरे गराएमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछः-
(क) दफा ४ विपरीत पञ्जीकरण नगरिएका जीवनाशक विषादी उत्पादन, संश्लेषण, आयात, निर्यात, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार, प्याकिङ्ग, पुनः प्याकिङ्ग वा विसर्जन गरेमा,
(ख) दफा ८ विपरीत इजाजतपत्र नलिई जीवनाशक विषादी सम्बन्धी कारोबार गरेमा,
(ग) दफा १८ विपरीत जीवनाशक विषादीको अवशेष तोकिएको हदभन्दा बढी मात्रा हुने गरी उत्पादन तथा विक्री वितरण गरेमा वा मिसावट गरिएको विषादी बिक्री वितरण गरेमा,
(घ) दफा १८ विपरीत विषादीको जथाभावी प्रयोग वा मिसावटयुक्त विषादीको प्रयोग गरेमा,
(ङ) दफा २२ विपरीत प्रतिबन्धित जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार, प्याकिङ्ग, पुनः प्याकिङ्ग वा विसर्जन सम्बन्धी प्रचलित मापदण्ड विपरीत कार्य गरे, गराएमा,
(च) दफा २३ विपरीत म्याद नाघेका जीवनाशक विषादी व्यवस्थापन नगरी बेचबिखन गरेमा,
(छ) दफा २८, २९ र ३० विपरीतको कार्य गरेमा,
(ज) मापदण्ड पूरा नभएको वा नक्कली जीवनाशक विषादीको प्रयोग वा कारोबार गरेमा,
(झ) जीवनाशक विषादी व्यवस्थापनमा अवरोध पुन्याउने,
(ज) वातावरणीय प्रदूषण हुने गरी जीवनाशक विषादीको प्रयोग गरेमा,
(ट) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा मापदण्ड विपरीत हुने गरी अन्य कुनै काम गरे, गराएमा ।