दफा ५५
कसूर रोक्न आवश्यक कारबाही गर्ने
कसैले यो ऐन बमोजिम सजाय हुने कसूर गर्न लागेको छ भन्ने शङ्का लागेमा वा कसूर गर्दैको अवस्थामा फेला पारेमा वन सम्बन्धी काम गर्ने कर्मचारी वा प्रहरी कर्मचारीले सो अपराध हुन नपाउने प्रबन्ध गर्नु पर्नेछ र सो कामको लागि चाहिदो बल प्रयोग गरी आवश्यक कारबाही गर्न सक्नेछ ।