दफा ८
कसूरको दायित्व निहित रहने
: (१) दफा ७ बमोजिमको कसूरको दायित्व सो कसूर सम्बन्धी कार्यमा संलग्न व्यक्ति, सम्बन्धित ग्राहक र त्यस्तो कसूर गर्न मद्दत पु¥याउने व्यक्तिमा निहित रहनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिमको घर वा भवनमा भएको कसूरको दायित्व देहाय बमोजिमको व्यक्तिमा निहित रहनेछ ।
(क) संस्था वा कार्यालयले प्रयोग गरेको घर वा भवनमा भएको कसूरको हकमा सम्बन्धित संस्था वा कार्यालयको प्रमुख,
(ख) भाडामा वा अन्य कुनै तरिकाबाट उपभोग गरेको घर वा भवनमा भएको कसूरको हकमा त्यस्तो घर वा भवन प्रयोग गर्ने संस्था, वा कार्यालयको प्रमुख र कुनै व्यक्ति वा परिवारले त्यस्तो घर वा भवन उपभोग गरेको रहेछ भने त्यस्तो व्यक्ति वा परिवारको मुख्य व्यक्ति वा घरधनी,
(ग) संयुक्त आवास वा एकभन्दा बढी संस्था, कार्यालय, व्यक्ति वा परिवार सामूहिक रुपमा बसोवास गरेको घर वा भवनमा भएको कसूरको हकमा त्यस्तो घर वा भवन उपभोग गर्ने संस्था, कार्यालय, व्यक्ति वा परिवारमध्ये कसूरमा संलग्न संस्था वा कार्यालयको प्रमुख वा व्यक्ति वा परिवारको मुख्य व्यक्ति वा घरधनी,
(घ) कुनै घर वा भवनको धनीले बिक्री वा अन्य कुनै व्यहोराबाट हस्तान्तरण गरिसकेको घर वा भवनमा हुन गएको कसूरको हकमा त्यस्तो घर वा भवन उपभोग गर्ने संस्था, कार्यालय, व्यक्ति वा परिवारमध्ये कसूरमा संलग्न संस्था वा कार्यालयको प्रमुख वा व्यक्ति वा परिवारको मुख्य व्यक्ति,
तर कुनै घर वा भवनको धनीले घर वा भवन भाडामा दिएको कुरा प्रमाणित गर्ने भार त्यस्तो घर वा भवनको धनीको हुनेछ । अन्यथा त्यस्तो घर वा भवनमा भएको कसूरको दायित्व घर वा भवनको धनीमा निहित रहनेछ ।