नियम १३
कसूरदारबाट क्षतिपूर्ति रकम असुल उपर गर्ने
प्रचलित कानून बमोजिम कसूरदारबाट पीडितलाई क्षतिपूर्ति वा राहत रकम भराई दिँदा त्यस्तो रकम भराई दिने अदालतको तहसिल शाखा वा सम्बन्धित अधिकारीले त्यस्तो कसूरको सम्बन्धमा पीडितले कोषबाट अन्तरिम क्षतिपूर्ति वा राहत प्राप्त गरेको भएमा कसूरदारबाट असुल उपर गरिएको क्षतिपूर्ति रकमबाट पीडितले अन्तरिम क्षतिपूर्ति वा राहत बापत कोषबाट प्राप्त रकम कोषमा फिर्ता दाखिला गरी बाँकी रकम पीडितलाई भराइ दिनु पर्नेछ।