दफा १७१
कागज गराउन सक्ने

(१) कुनै पक्षसँग मुद्दाका विषयमा कुनै कुरा सोध्नु परेमा अदालतले अर्काे पक्षको रोहबरमा जुनसुकै बखत सोधी निजकोकागज गराउन सक्नेछ ।
(२) कानून बमोजिम फिरादपत्र लिई कारबाही, सुनुवाई र किनारा गर्नु पर्ने विषयमा बाहेक अरु कुनै उजुरीबाट कारबाही,सुनुवाई गरी किनारा गर्नु पर्ने मुद्दामा अदालतले बादी वा प्रतिबादीसँग खुलाउनु पर्ने कुराको प्रमाण समेतखुलाई निजको बयान गराई अभिलेख गरी मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्नु पर्नेछ ।