नियम १८
कागजपत्रको वितरण
(१) सचिवले आवश्यक कागजपत्र एवं सूचनाहरू सदस्यलाई उपलब्ध गराउनेछ । (२) यस नियम बमोजिम सदस्यलाई उपलब्ध गराउनु पर्ने कागजपत्र एवं सूचना प्रत्येक सदस्यसँग सम्बन्धित पिजनहोलमा अध्यक्षद्वारा निर्देशित तरिकाले राख्ने व्यवस्था सचिवले मिलाउनेछ । यसरी पिजनहोलमा कागजपत्र एवं सूचना राखिएकोमा त्यस्तो कागजपत्र एवं सूचना सम्बन्धित सदस्यले प्राप्त गरेको मानिनेछ ।