दफा २८
कागजात सुरक्षित राख्नु पर्ने;
(१) राहदानीको लागि दिएका निवेदन लगायत संलग्न कागजातहरू राहदानी जारी भएको मितिले बाह्र वर्षसम्म सुरक्षित राख्नु पर्नेछ।
(२) विभागले यस ऐन बमोजिम रद्द भएका राहदानी तोकिए बमोजिम धुल्याउनु पर्नेछ।
(३) उपदफा (१) बमोजिमका कागजातको धुल्याउने प्रक्रिया प्रचलित कानून बमोजिम हुनेछ।