नियम
कागजातको नक्कल सम्बन्धी
(१) आयोगमा उपलव्ध हुने कागजातको नक्कल लिन चाहने सरोकारवालाले प्रचलित कानूनको प्रक्रिया पुन्याई नक्कल माग गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम माग भएको कागजातको नक्कल दिन सकिने भएमा सचिवले वा निजले तोकेको कर्मचारीले प्रचलित कानून बमोजिमको रीत पुन्याई सोको नक्कल दिनु पर्नेछ ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले गोप्य राखु पर्ने भनी ठहन्याएको निर्णय एवं कागजातको नक्कल दिन सकिने छैन ।

(४) उपनियम (१) बमोजिम माग भएको कागजातको नक्कल दिन नसकिने भएमा सचिव वा निजले तोकेको कर्मचारीले निर्णय गरी सोको जानकारी त्यसरी नक्कल माग गर्ने व्यक्तिलाई लिखित रुपमा दिनु पर्नेछ ।