दफा ७१
काबूबाहिरको परिस्थिति (फोर्स मेजर)
: यस सम्झौताको प्रयोजनको लागि काबूबाहिरको परिस्थिति भन्नाले सामान्यतः रोकथाम वा नियन्त्रण गर्न नसकिने कुनै घटना, भूँइचालो, आँधीवेरी, बाढी, चट्याङ वा अन्य प्रतिकूल मौसमीय परिस्थिति, लडाइँ, रोकावट (इमवार्गो), नाकाबन्दी, हुलदङ्गा वा सार्वजनिक अशान्ति, आतङ्कवादी कार्यहरू वा दैवी प्रकोप समेतलाई जनाउँछ, तर ठेकेदार, निजको कट्केन्दार वा कामदारको लापरवाहीले गर्दा वा पेट्रोलियम उद्योगको उचित प्रक्रिया नअपनाउनाले उत्पन्न भएको स्थिति, ठेकेदार वा निजको कट्केन्दारको कामदार वा कर्मचारी बीचको औद्योगिक विवादबाट सिर्जित हडताल, तालाबन्दी वा यस्तै अन्य मनासिब अवस्थालाई जनाउँने छैन ।