दफा १०
काम कारबाहीको उत्तरदायित्व र जवाफदेहिता
(१) यस नियमावली बमोजिम आफूले सम्पादन गर्नु पर्ने कामको उत्तरदायित्व सम्बन्धित कर्मचारीमा रहनेछ।
(२) उपनियम (१) बमोजिम गर्नु पर्ने कार्यको लागि प्रत्येक कर्मचारी आफूभन्दा माथिल्लो तहको अधिकारीप्रति जवाफदेही हुनेछ।
(३) आफूभन्दा माथिको अधिकारीले दिएको आदेश वा निर्देशन पालना नगर्ने कर्मचारी उपर त्यस्तो आदेश वा निर्देशन दिने अधिकारीले कारबाही गर्न अख्तियारवाला समक्ष सिफारिस गर्न सक्नेछ र निजले त्यस्तो आदेश र निर्देशन पालना नगरेको देखिएमा प्रचलित कानून बमोजिम विभागीय कारबाही हुनेछ।