अनुसूची १
काम तामेल भएको १ एक वर्षपछि धुल्याउने कागजात
१. दैनिकदेखि अर्ध वार्षिक प्रतिवेदनहरू ।
२. नेपाल राजपत्रमा प्रकाशित भइसकेको ऐन, नियम, आदेश, सूचनाको मसौदा प्रतिहरू र सो प्रकाशित गर्ने सम्बन्धमा भएका लेखापढीको कागजात ।
३. परिपत्र गर्ने शुरु कार्यालयमा रहने बाहेक उर्दी–सामेल सम्बन्धी परिपत्र ।
४. कर्मचारीको नियुक्ति, विदा सम्बन्धी निवेदन, निकासा र सरुवा–बढुवाको सम्बन्धी पत्रहरू सो कर्मचारी ठेकिएको ठाउबाट अन्त सरुवा–बढुवा भएपछि ।
५. माइनुट किताब बाहेक बैठक बस्ने सम्बन्धी कागजात ।
६. कर्मचारीहरूको सापटी, किस्ताबन्दी, दैनिक भत्ता, भ्रमण भत्ता र निजहरूलाई सम्मेलन, सेमिनार, अध्ययन तालिम आदिमा पठाएको सम्बन्धी लेखा, लेखापरीक्षण गराउन पर्ने भए गराई अन्तिम फर फारख भएपछि ।
७. दैवी–प्रकोप पीडित सहायता सम्बन्धी कागजात ।