नियम ४५
कामदारको दक्षता अभिवृद्धि गर्नु पर्ने
(१) उद्योगले विशेष आर्थिक क्षेत्रमा गैर नेपाली
नागरिकलाई प्रतिस्थापन गरी निजले गरी आएको काम नेपाली कामदारबाट गराउनको
लागि नेपाली नागरिकलाई दक्ष बनाउन आवश्यक सीप विकास तालीम वा प्रशिक्षण
सम्बन्धी कार्ययोजना बनाई प्राधिकरणमा पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश भएको कार्ययोजना सम्बन्धित उद्योगले कार्यान्वयन
गरे नगरेको विषयमा प्राधिकरणले अनुगमन गर्नेछ ।
(३) उपनियम (१) बमोजिमको कार्ययोजना अनुसार गैरनेपाली कामदारलाई
प्रतिस्थापन गरेको जानकारी सम्बन्धित उद्योगले प्राधिकरणलाई दिनु पर्नेछ ।
(४) विशेष आर्थिक क्षेत्रको कुनै उद्योगले ऐनको दफा ३८ को उपदफा (४) विपरीत
गैर नेपाली कामदारलाई काममा लगाई राखेमा प्राधिकरणले त्यस्ता उद्योगलाई ऐन र यस
नियमावली बमोजिम दिईनेसेवा सुविधामा रोक लगाउनेछ ।