नियम
कायम मुकायम मुकरर गर्ने तथा काज खटाउने
(१) विभागीय प्रमुखको पदमा महान्यायाधिवक्ताले र अन्य सरकारी वकील कार्यालयको प्रमुखको पदमा विभागीय प्रमुखले बढीमा छ महिनाको लागि कायम मुकायम मुकरर गर्न सक्नेछ ।

(२) आफ्नो प्रादेशिक अधिकार क्षेत्रभित्रका राजपत्राड्गटित तृतीय श्रेणीका सरकारी वकीललाई राजपत्राङ्कित द्वितीय श्रेणीको कार्यालय प्रमुखको पदमा उच्च सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताले बढीमा छ महिनाको लागि कायम मुकायम मुकरर गर्न सक्नेछ। यसरी कायम मुकायम मुकरर गरेकोमा त्यसको जानकारी तुरुन्त महान्यायाधिवक्ताको कार्यालयमा दिनु पर्नेछ ।

(३) राजपत्राङ्कित विशिष्ट श्रेणीका _ सरकारी वकीललाई महान्यायाधिवक्ताले तथा महान्यायाधिवक्ताको कार्यालय र अन्य सरकारी वकील कार्यालयका सरकारी वकील र कर्मचारीलाई सम्बन्धित विभागीय प्रमुखले काज खटाउन सक्नेछ ।

(४) उच्च सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताले आफ्नो प्रादेशिक अधिकार क्षेत्रभित्रका राजपत्राड्रित र राजपत्र अनङ्डित कर्मचारीलाई वर्षमा बढीमा तीन महीनासम्म आफ्नो प्रादेशिक अधिकार क्षेत्रभित्रको कुनै कार्यालयमा काज खटाउन सक्नेछ। यसरी काज खटाएकोमा त्यसको. जानकारी तुरुन्त महान्यायाधिवक्ताको कार्यालयलाई दिनु-पर्नेछ ।