(१) यस ऐन बमोजिम प्राधिकरणलेदिएको निर्देशन कुनै राष्ट्रसेवकले पालना नगरेमा निजले आफ्नो सेवा, शर्त सम्बन्धीप्रचलित कानूनको उल्लंघन गरेको मानिनेछ ।
(२) प्राधिकरणले दिएको निर्देशन पालना नगर्ने राष्ट्रसेवकलाई प्राधिकरणले कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।
(३) उपदफा (२) बमेजिम कुनै निकायको प्रमुख वा राष्ट्रसेवकलाई कारबाहीको लागि लेखी आएमा अधिकारप्राप्त अधिकारीले निजलाई एक महिनाभित्र कारबाही गरी सोको जानकारी प्राधिकरणलाई दिनु पर्नेछ ।
(४) यस ऐन बमोजिम प्राधिकरणबाट प्रत्यायोजित अधिकार बामोजिम कुनै राष्ट्रसेवकले काम नगरेमा त्यस्तो राष्ट्रसेवकले गरेको काम कारबाहीको सम्बन्धमा प्राधिकरणले जाँचबुझ गर्न सक्नेछ ।
(५) उपदफा (४) बमोजिम जाँचबुझ गर्दा प्राधिकरणले सम्बन्धित फाइल झिकाउन तथा सम्बद्ध ब्यक्तिलाई समेत बुझ्न सक्नेछ ।
(६) उपदफा (४) बामोजिम जाँचबुझगर्दा कुनै राष्ट्रसेवकले गैरकानूनी कामकारबाही गरेको पाइएमा प्राधिकरणले त्यस्तो राष्ट्रसेवकलाई प्रचलित कानून बमोजिम कारबाहीको लागि सम्बन्धित निकायमा लेखीपठाउनेछ ।