दफा ७५
कारबाहीबाट बचाउ
देहायको कुनै कार्य गरेको कारणले मात्र रोजगारदाताले कुनै श्रमिकलाई
अनुशासन सम्बन्धी कारबाही गर्न पाउनेछैन ः–
(क) सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रबन्ध नगरेको सम्बन्धमा रोजगारदाता
विरुद्ध जानकारी, सूचना वा उजूरी दिएको वा दिन सहयोग गरेको,
(ख) दफा ७४ बमोजिमको स्वास्थ्य तथा सुरक्षा समितिको हैसियतमा कुनै
काम गरेको, वा
(ग) सुरक्षा तथा स्वास्थ्यमा तत्काल खतरा परेको कारणबाट दफा ७६ वा ७७
बमोजिम काम बन्द गरेको ।