नियम १३
कारोबार रकमको सीमा
(१) राष्ट्र बैंकले ऐनको दफा १०क. को प्रयोजनको लागि कारोबार रकमको सीमा तोक्दा कारोबारको क्षेत्र, विषय र प्रकृतिलाई विचार गरी फरक फरक कारोबारको लागि फरक फरक रकमको सीमा तोक्न सक्नेछ ।
(२) राष्ट्र बैंकले उपनियम (१) बमोजिम कारोबार रकमको सीमा तोक्दा सम्बन्धित नियमनकारी वा कार्यान्वयन गर्ने सरकारी निकायको परामर्श लिन सक्नेछ ।
(३) राष्ट्र बैंकले उपनियम (१) बमोजिम कारोबार रकमको सीमा तोक्दा वा त्यस्तो सीमामा हेरफेर गरेमा त्यसको सूचना आफ्नो वेवसाइटमा समेत राख्नुु पर्नेछ ।