दफा १९क
कारोबारको नियमित अनुगमन गर्न सक्ने
(१) अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान भैरहेको कुनै व्यक्तिको कारोबारको नियमित रुपमा अनुगमन गरी प्रतिवेदन पेश गर्न सूचक संस्थालाई निरन्तर अनुगमन आदेश (कन्टिन्यू मोनिटरिङ अर्डर) दिन सक्नेछ । (२) उपदफा (१) बमोजिमको आदेश दिदा सामान्यतया तीन महिनाभन्दा बढी नहुने गरी दिनु पर्नेछ । (३) यस दफा बमोजिम आदेश भएमा सूचक संस्थाले सम्बन्धित व्यक्तिको कारोबारको नियमित रुपमा अनुगमन गरी त्यस्तो व्यक्तिको कारोबार सम्बन्धी प्रतिवेदन विभागले तोके बमोजिम पठाउनु पर्नेछ ।