नियम ६६
कार्य कुशलताको मूल्याङ्कन
ऐनको दफा २६ को उपदफा (२) को खण्ड (क) को प्रयोजनको निमित्त कार्यकुशलताको मूल्याङ्कन देहायका आधारमा गरिनेछ ः-
(क) बढुवा हुने पदाधिकारीले अघिल्लो पदमा रही कार्यसम्पादन गर्दा वा नेतृत्व दिंदाको अवस्थामा कार्यरत महाशाखा वा समितिको कार्यपरिणाम र गुणस्तर,
(ख) बढुवा हुने पदाधिकारीले कार्य सम्पादन गर्दा त्यस्ता पदाधिकारीले देखाएको सृजनशीलता र अग्रसरता,
(ग) बढुवा हुने पदाधिकारीको कामप्रतिको प्रतिवद्धता र अनुशासन ।