नियम ३८
कार्य फछ्र्यौट सम्बन्धी विवरण पेश गर्नु पर्ने

३८. कार्य फछ्र्यौट सम्बन्धी विवरण पेश गर्नु पर्ने ः

(१) कुनै कर्मचारीले नियम ३६ मा तोकिएको अवधिभित्र आफूले गर्नु पर्ने कार्य फछ्र्यौट गर्न नसकिने भएमा सोको कारण समेत खोली आफ्नो
कार्यालयका प्रमुखलाई म्याद भुक्तान हुनु अगावै अवगत गराउनु पर्नेछ ।
(२) मन्त्रालय, सचिवालय, आयोग वा विभागस्तरमा कार्यरत प्रत्येक अधिकृतस्तरका कर्मचारीले आफूले फछ्र्यौट गरेको वा पेश गरेको कार्यको लगत राखी मासिक रुपमा सुपरिवेक्षकलाई बुझाउनु पर्नेछ ।
(३) कुनै कार्यालयको कर्मचारीले यस नियम अनुसार समयमा कार्य फछ्र्यौट गरेको वा नगरेको व्यहोराको सम्बन्धमा सुपरिवेक्षकले कार्यालय प्रमुख समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।