दफा १०
कार्य सञ्चलन समितिको गठन :
(१) परिषद्ले आफ्नो कार्य सञ्चालनका लागि परिषद्का सदस्यहरूमध्येबाट एउटा कार्य सञ्चालन समितिको गठन गर्नेछ । यस समितिमा परिषद्का अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य–सचिव समेत बढीमा सातजना रहनेछन्।
(२) कार्य सञ्चालन समितिले परिषद्बाट हुने वार्षिक कार्यक्रम, बजेट तथा आवश्यक नीतिगत विषयहरूलाई तयार गरी परिषद्को बैठकबाट अनुमोदन गराई लागू गराउनु पर्नेछ ।
(३) उपदफा (२) मा उल्लेख भएदेखि बाहेक कार्य सञ्चालन समितिको अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।