नियम ९
कार्य सञ्चालन
ऐनको दफा ९ मा उल्लिखित कोषको काम र कर्तव्य पूरा गर्न कोषले नेपाल
सरकारको सम्बन्धित निकाय वा गैरसरकारी संघ, संस्था वा व्यक्तिहरुस“ग समन्वय गरी
आवश्यकतानुसार तिनीहरुको स्वीकृति र सहयोग प्राप्त गरी सरकारी वा गैरसरकारी क्षेत्रमा
देहाय बमोजिमको काम गर्न गराउन वा सहयोग दिन सक्नेछ ः–
(क) बृक्षारोपण गर्ने,
(ख) भू तथा जलस्रोत संरक्षण सम्बन्धी काम गर्ने,
(ग) राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यमा प्राविधिक तथा अन्य राय
सल्लाह दिने,
(घ) प्रकृति तथा प्राकृतिक सम्पदाको संरक्षण गर्ने काममा जनजागृति पैदा गरी
जनसहभागिता बृद्धि गर्ने,
(ङ) वन्यजन्तु तथा अन्य प्राकृतिक सम्पदाको वैज्ञानिक अध्ययन तथा अनुसन्धान
गर्ने,
(च) प्रकृति तथा प्राकृतिक सम्पदा संरक्षण गर्ने विषयमा समय समयमा सभा, गोष्ठी
एवं सम्मेलन गर्ने,
(छ) कोषको दीर्घकालीन योजना तर्जुमा गर्ने,
(ज) नेपाल सरकारलाई राष्ट्रियस्तरमा प्रकृति तथा प्राकृतिक सम्पदा संरक्षण
सम्बन्धी नीति तर्जुमा गर्न आवश्यकता अनुसार राय सल्लाह दिने,
(झ) परामर्श सेवा एवं सूचना सेवासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने,
(ञ) प्रकृति तथा प्राकृतिक सम्पदा संरक्षणसम्बन्धी अन्य आवश्यक काम गर्ने ।