दफा
कार्यकारिणी समितिको गठन :

(१) सञ्चालक परिषद्बाट स्वीकृत योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न तथा परिषद्को सम्पूर्ण काम कारवाहीको सञ्चालन तथा रेखदेख गर्न एक कार्यकारिणी समितिको गठन हुनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरू रहनेछन्ः–
(क) परिषद्को अध्यक्ष – अध्यक्ष
(ख) ……………………..
(ग) जनकपुर र जलेश्वर नगरपालिकाका प्रमुखहरू – सदस्य
(घ) धनुषा र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू – सदस्य
(ङ) धनुषा र महोत्तरी जिल्लाका आवास तथा शहरी विकास कार्यालयका प्रमुखहरू – सदस्य
(च) धनुषा र महोत्तरी जिल्लाका समाजसेवी, बुद्धिजीवी तथा स्थानीय प्रतिष्ठित व्यक्तिहरु मध्येबाट प्रत्येक जिल्लाबाट दुई जना पर्ने गरी परिषद्को सिफारिशमा
नेपाल सरकारबाट मनोनीत चारजना – सदस्य
(छ) परिषद्का सदस्य भएका सन्त, महन्थ तथा पुजारीहरूमध्येबाट परिषद्ले मनोनीत गरेकोएक जना – सदस्य
(ज) कार्यकारी निर्देशक – सदस्य–सचिव
(३) उपदफा (२) का खण्ड (च) र (छ) बमोजिम मनोनीत सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ ।