दफा १५
कार्यकारिणी समिति
(१) परिषद्को निर्देशनमा रही संस्थाको दैनिक कार्य संचालन गर्नको लागि देहायका सदस्यहरु रहेको एक कार्यकारिणी समितिको गठन गरिनेछः-
(क) अध्यक्ष – अध्यक्ष
(ख) उपाध्यक्ष – उपाध्यक्ष
(ग) परिषद्ले पार्षद्हरुमध्येबाट मनोनीत गरेको दुईजना– सदस्य
(घ) कार्यकारी निर्देशक –सदस्य सचिव
(२) कार्यकारिणी समितिको काम, कर्तव्य, अधिकार तथा बैठकको कार्यविधि तोकिए बमोजिम हुनेछ ।