दफा १७
कार्यकारी निर्देशक :
(१) परिषद्को प्रशासकीय प्रमुखको रूपमा दैनिक कार्य सञ्चालन गर्नको लागि तोकिएको योग्यता पुगेका व्यक्तिहरूमध्येबाट तोकिएबमोजिम खुल्ला प्रतिस्पर्धाको आधारमा परिषद्ले एकजना कार्यकारी निर्देशक नियुक्ति गर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यकारी निर्देशकको पद पूर्ति नभएसम्मको लागि नेपाल सरकारले कम्तीमा राजपत्रांकित द्वितीय श्रेणीको कुनै अधिकृत कर्मचारीलाई बढीमा तीन महिनाको निमित्त कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी तोक्न सक्नेछ ।
(३) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ ।
(४) कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाको शर्त र सुविधा तथा काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।