नियम ३५
कार्यकारी निर्देशकको अन्य काम, कर्तव्य र अधिकार
ऐनको दफा ४१ को उपदफा (५) मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त कार्यकारी निर्देशकको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) बोर्डको दैनिक कार्य सञ्चालन गर्ने,
(ख) ……………….
(ग) बोर्डको अध्यक्षले तोकेको समय, मिति र स्थानमा बोर्डको बैठक बोलाउने,
(घ) बोर्डले तोकेका अन्य कार्यहरू ।