दफा २२
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) समितिको निर्णय तथा निर्देशन कार्यान्वयन गर्ने गराउने,
(ख) बोर्डको अल्पकालीन तथा दीर्घकालीन योजना, वार्षिक कार्यक्रम र बजेट तयार गर्ने गराउने,
(ग) समितिबाट स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने,
(घ) बोर्डको लागि आवश्यक कर्मचारी नियुक्ति गर्ने,
(ङ) समितिबाट स्वीकृत हुनु पर्ने प्रस्तावहरु बोर्ड समक्ष पेश गर्ने,
(च) तोकिए बमोजिमको अन्य काम गर्ने ।