दफा ७
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
७. कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकारः
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) समितिको वार्षिक बजेट, कार्यक्रम तथा योजना तयार गरी समिति समक्ष पेश गर्ने,
(ख) समितिबाट निर्णय हुनु पर्ने विषयमा प्रस्ताव तयार गरी समिति समक्ष पेश गर्ने,
(ग) समितिको बैठकबाट भएका निर्णयको कार्यान्वयन गर्ने,
(घ) समितिको प्रशासनिक तथा आर्थिक काम कारबाहीको नियन्त्रण तथा अनुगमन गर्ने,
(ङ) समितिबाट सञ्चालित योजना तथा कार्यक्रमको निरीक्षण, अनुगमन तथा मुल्याङ्कन गर्ने, गराउने,
(च) समितिको उद्देश्य प्राप्तिको लागि तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने ।