दफा
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार

७. कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार

कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) समितिबाट स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने,
(ख) समितिको निर्णय कार्यान्वयन गर्ने, गराउने,
(ग) समितिको वार्षिक कार्यक्रम तथा वजेट तयार गरी समिति समक्ष पेश गर्ने,
(घ) समितिको काम कारवाहीको सम्बन्धमा विभिन्न निकायसँग समन्वय गर्ने,
(ङ) समितिबाट प्रत्यायोजित तथा निर्देशन भए बमोजिमका कार्य गर्ने, गराउने,
(च) तोकिए वमोजिमका अन्य काम गर्ने, गराउने ।