नियम १३
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
१३. कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) समितिको निर्णय कार्यान्वयन गर्ने वा गराउने,
(ख) कोषको दीर्घकालीन योजना, वार्षिक कार्यक्रम तथा बजेट तयार गरी स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने,
(ग) समितिबाट स्वीकृत दीर्घकालीन योजना र वार्षिक कार्यक्रमहरु कार्यान्वयन गर्ने वा गराउने,
(घ) कोषबाट भए गरेका कामहरुको प्रगति विवरण आवधिक रुपमा समितिमा प्रस्तुत गर्ने,
(ङ) कोषको दैनिक प्रशासन सञ्चालन तथा व्यवस्थापन गर्ने र मातहतका कर्मचारीको रेखदेख, नियन्त्रण, निर्देशन, अनुगमन र सुपरीवेक्षण गर्ने,
(च) कोषको चल, अचल तथा जिन्सी सम्पत्तिको अभिलेख राख्ने, संरक्षण र मर्मत सम्भार गर्ने गराउने,
(छ) समितिको निर्णय प्रमाणित गर्ने,
(ज) समितिले तोकेका अन्य कार्य गर्ने वा गराउने ।