नियम ३१
कार्यकारी निर्देशकको पदपूर्ति
(१) कार्यकारी निर्देशकको पदपूर्तिको लागि श्रम तथा यातायात व्यवस्था मन्त्रालयको सचिवको अध्यक्षतामा लोक सेवा आयोग र सामान्य प्रशासन मन्त्रालयको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको प्रतिनिधि रहेको एक पदपूर्ति
समिति रहनेछ ।
(२) उपनियम (१) बमोजिमको पदपूर्ति समितिले पदपूर्तिका लागि सिफारिस गर्दा लोक सेवा आयोगद्वारा निर्धारित कार्यविधि अपनाउनु पर्नेछ ।