दफा २१
कार्यकारी निर्देशकको पदमा नियुक्त हुनको लागि योग्यता
कार्यकारी निर्देशकको पदमा नियुक्त हुनका लागि देहायको योग्यता पुगेको हुनु पर्नेछ
(क) मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानून, चिकित्सा शास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेको,
(ख) दफा १८ को खण्ड (क) र (ग) बमोजिमको योग्यता पुगेको,
(ग) पैँसठ्ठी वर्ष ननाघेको ।