दफा १४
कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) सभाका निर्णयहरू कार्यान्वयन गर्ने गराउने ।
(ख) विश्वविद्यालयको वार्षिक कार्यक्रम, बजेट, प्रगति विवरण, लेखा परीक्षणप्रतिवेदन, अन्य प्रतिवेदन र प्रस्तावहरू तयार गरी स्वीकृति वा अनुमोदनकोलागि सभामा पेश गर्ने ।
(ग) विश्वविद्यालयको चल अचल सम्पत्तिको सञ्चालन, संक्षरण र रेखदेख गर्ने ।
(घ) विश्वविद्यालयको लागि प्रदान गरिएका आर्थिक तथा अन्य सहयोग ग्रहण गर्ने ।
(ङ) विश्वविद्यालयको चल अचल सम्पत्तिको हक हस्तान्तरण गर्न वा कुनै सम्झौता,करार वा ठेक्का पट्टा गरी दिने, लिने ।
(च) विद्यार्थी शुल्क निर्धारण गर्ने ।
(छ) निजी क्षेत्रमा सञ्चालन गरिने क्याम्पसहरू (महाविद्यालयहरू) लाई तोकिएबमोजिम सम्बन्धन दिने र सम्बन्धन दिएका क्याम्पसहरू (महाविद्यालयहरू) लाई मूल्यांकनको आधारमा अनुदान दिन सिफारिश गर्ने ।
(ज) नियमको मसौदा बनाई स्वीकृतिको लागि सभामा पेश गर्ने र सभाबाट स्वीकृतभएपछि लागू गर्ने ।
(झ) यस ऐनको उद्देश्य कार्यान्वयन गर्ने सिलसिलामा आन्तरिक कार्य व्यवस्थित गर्न नियममा नखुलेको विषयमा ऐनको प्रतिकूल नहुने गरी आदेश जारी गर्ने ।
तर त्यस्तो आदेश त्यसपछि बसेको सभाले स्वीकृत नगरेमा स्वतः बदर हुनेछ ।
(ञ) विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको दरबन्दी तोक्ने र सेवा आयोगको सिफारिशमा नियुक्ति र बढुवा गर्ने ।
(ट) डीनहरू, कार्यकारी निर्देशकहरू, केन्द्रीय विभागका प्रमुखहरू र क्याम्पस (महाविद्यालय) प्रमुखहरूको नियुक्ति गर्ने ।
(ठ) तोकिएबमोजिम अन्य कामहरू गर्ने ।