दफा १३
कार्यकारी परिषद्को गठन
(१) विश्वविद्यालयको कार्यकारी निकायको रूपमा काम गर्नदेहायका सदस्यहरू भएको कार्यकारी परिषद् हुनेछः–
(क) उपकुलपति –अध्यक्ष
(ख) शिक्षाध्यक्ष –सदस्य
(ग) अध्ययन संस्थानका डीनहरू मध्येबाट एकजना –सदस्य
(घ) सङ्कायका डीनहरू मध्येबाट एकजना सदस्य
(ङ) विश्वविद्यालयका शिक्षकहरूमध्येबाटदुईजना –सदस्य
(च) रजिष्ट्रार –सदस्य–सचिव
(२) उप–दफा (१) को खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरूको मनोनयन उपकुलपतिको सिफारिशमा सभाले दुई वर्षको लागि गर्नेछ ।