दफा ११
कार्यकारी प्रमुख नियुक्ति सिफारिस समिति

११. कार्यकारी प्रमुख नियुक्ति सिफारिस समितिः

(१) सार्वजनिक संस्थानको गठन,  सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक सार्वजनिक संस्थानका कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धी सिफारिस गर्न देहाय बमोजिमको सिफारिस समिति रहनेछ ः–

(क) लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोक सेवा आयोगको सदस्य –अध्यक्ष
(ख) लोक सेवा आयोगको अध्यक्षले तोकेको लोक सेवा आयोगको सदस्य –सदस्य
(ग) बोर्डको अध्यक्ष –सदस्य
(घ) सम्बन्धित मन्त्रालयको सचिव –सदस्य
(ङ) महालेखा नियन्त्रक –सदस्य
(च) लोक सेवा आयोगको अध्यक्षले तोकेको विज्ञ –सदस्य
(२) उपदफा (१) बमोजिमको सिफारिस समितिले आवश्यक देखेमा समितिको बैठकमा बाह्य विशेषज्ञलाई आमन्त्रण गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिमको सिफारिश समितिको सचिवालय सम्बन्धी कार्य बोर्डको सचिवालयले गर्नेछ ।