८. कार्यकारी सचिवको काम, कर्तव्य र अधिकार
ऐनमा लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त कार्यकारी सचिवको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः –
(क) ट्रष्टको दैनिक प्रशासकीय कार्यको रेखदेख तथा नियन्त्रण गर्ने र कर्मचारीहरुको कामको सुपरीवेक्षण गर्ने,
(ख) ट्रष्टको सम्पत्तिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि आवश्यक काम गर्ने वा गराउने,
(ख१) ट्रृष्टको सम्पत्ति तथा बढे बढाएको रकमको प्रत्येक आर्थिक वर्षको विवरण स्पष्ट रुपमा खुल्ने गरी अभिलेख राख्ने,
(ग) ट्रष्टको कार्यक्रम वा योजना समिति समक्ष पेश गर्ने,
(घ) ट्रष्टको आर्थिक प्रशासन सम्बन्धी काम गर्ने तथा आन्तरिक नियन्त्रण प्रणाली कायम गर्ने,
(ङ) समितिको निर्णयको अभिलेख राख्ने,
(च) समितिको निर्णय कार्यान्वयन गर्ने, गराउने,
(छ) ट्रष्टको वार्षिक प्रतिवेदन तयार गरी समिति समक्ष पेश गर्ने,
(ज) समितिको निर्णय कार्यान्वयनको अनुगमन गर्ने वा गराउने,
(झ) ट्रष्टको दैनिक कार्य सम्पादन तथा ट्रष्टको सम्पत्तिको संरक्षण, रेखदेख सम्बन्धमा प्रचलित कानून बमोजिम नेपाल सरकारको विशिष्ट श्रेणीका निजामती कर्मचारीलाई भए सरहको अधिकार प्रयोग गर्ने ।