दफा १६
कार्यकारी सचिव
(१) ट्रष्टको दैनिक कार्य सम्पादन गरी ट्रष्टको सम्पत्तिको संरक्षण, रेखदेख गर्न निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको एक कार्यकारी सचिव रहनेछ ।
(२) कार्यकारी सचिव ट्रष्टको पूरा समय काम गर्ने प्रमुख प्रशासकीय पदाधिकारी हुनेछ ।
(३) कार्यकारी सचिवको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।