दफा
कार्यकारी समितिको गठन
(१) यस ऐन बमोजिम बोर्डले गर्ने काम कारबाही सुचारु रुपले गर्नको लागि एक कार्यकारी समितिको गठन हुनेछ ।
(२) समितिमा देहायका सदस्यहरु रहनेछन्ः–
(क) सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय – अध्यक्ष
(ख) प्रतिनिधि, (राजपत्रांकित प्रथम श्रेणी), अर्थ मन्त्रालय – सदस्य
(ग) प्रतिनिधि, (राजपत्रांकित प्रथम श्रेणी), स्थानीय विकास मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि, (राजपत्रांकित प्रथम श्रेणी), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय – सदस्य
(ङ) महानिर्देशक, सडक विभाग – सदस्य
(च) ……………………………….
(छ) प्रतिनिधि, नगरपालिका संघ – सदस्य
(ज) प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ – सदस्य
(झ) प्रतिनिधि, नेपाल इन्जिनियर्स एशोसियसन – सदस्य
(ञ) यातायात व्यवसायसंग सम्बन्धित संघ संस्थाको प्रतिनिधित्व हुने गरी बोर्डले मनोनयन गरेको एकजना – सदस्य
(ट) उपभोक्ता सम्बन्धी संघ संस्थाको प्रतिनिधित्व हुने गरी
बोर्डले मनोनयन गरेको एकजना – सदस्य
(ठ) सडक यातायात क्षेत्रमा विशिष्ट अनुभव हासिल गरेका
व्यक्तिहरुमध्येबाट बोर्डले मनोनयन गरेको एकजना – सदस्य
(ड) व्यावसायिक कृषकहरुमध्येबाट बोर्डले मनोनयन
गरेको एकजना – सदस्य
(३) समितिका मनोनीत सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ ।
(४) समितिले सडक वा यातायात सम्बन्धी क्षेत्रमा काम गरेको कुनै विशेषज्ञ र सडक सम्बन्धी निकायको कुनै पदाधिकारी वा कर्मचारीलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(५) कार्यकारी निर्देशकले समितिको सचिव भई काम गर्नेछ ।
(६) समितिको अधयक्ष र सदस्यले समितिको बैठकमा भाग लिए बापत तोकिए बमोजिम बैठक भत्ता पाउनेछ ।