दफा १०
कार्यकारी समितिको बैठक सम्बन्धी ब्यवस्था

(१) कार्यकारी समितिको बैठकआवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) कार्यकारी समितिको बैठकको सूचना र छलफल हुने बिषय त्यस्तो बैठक बस्ने समय भन्दा सामान्यतया चौबिस घण्टा अगावै सचिवले सदस्यहरुलाई उपलब्ध गराउनेछ ।
(३) कार्यकारी समितिको कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा कार्यकारी समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) कार्यकारी समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ ।
(५) कार्यकारी समितिको बैठकको निर्णय उपस्थित सदस्यहरुको बहुमतबाट हुनेछ रमत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ ।
(६) कार्यकारी समितिको आवश्यकता अनुसार नेपाल सरकारका कुनै पदाधिकारी, कुनै निकाय वा संघ, संस्थाका प्रतिनिधि वा बिज्ञलाई बैठकमा आमन्त्रण गर्नसक्नेछ ।
(७) कार्यकारी समितिको बैठकको निर्णय सचिवले प्रमाणित गर्नेछ ।
(८) कार्यकारी समितिको बैठक सम्बन्धी अन्य कार्यविधि कार्यकारी समिति आफैलेनिर्धारणगरे बमोजिम हुनेछ ।