. (१) यस ऐन बामोजिम प्राधिकरणलाई तोकिएको काम,कर्तव्य र अधिकारको प्रयोग र पालना गर्न, गराउन एक कार्यकारी समिति रहनेछ ।
(२) कार्यकारी समितिको गठन देहाय बमोजिमको हुनेछ ः–
(क) प्रमुख कार्यकारी अधिकृत – अध्यक्ष
(ख) नेपाल सरकारको मुख्य सचिवले तोकेको
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको
सचिव – सदस्य
(ग) पूर्वाधार विकास तथा इन्जिनियरिङ्ग, कानून,
अर्थशास्त्र, व्यवस्थापन, भूगर्भशास्त्र,पुरातत्व
वा विकास योजना विषयमा नेपाल सरकारबाट
मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तरगरी
राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रका परियोजना लगायत
सम्बन्धित क्षेत्रमा कम्तीमा दश बर्षको अनुभव
हासिल गरेका बिज्ञमध्येबाट समावेशी सिद्धान्तको
आधारमा नेपाल सरकारले मनोनीत गरेका चार जना – सदस्य
(घ) सचिव – सदस्य सचिव
(३) उपदफा (२) को खण्ड (ग) बमोजिमका सदस्यहरु नेपाल सरकारले चाहेकोअवधिसम्म आफ्नो पदमा बहाल रहनेछन् । कुनैकारणले निजहरुलाई सो पदबाट हटाउनु परेमा त्यसरी हटउनु अघि निजहरुलाई सफाई पेश गर्ने मौका दिनुपर्नेछ ।
(४) उपदफा (२) को खण्ड (ग) बामोजिमका सदस्यहरुको पारिश्रमिक तथा सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।