नियम
कार्यक्रम तथा मतदाता नामावली प्रकाशन गर्नु पर्ने
(१) नियम ३ बमोजिम कार्यक्रम प्रकाशन भएपछि प्रमुख नाम दर्ता अधिकारीले आयोगको निर्देशनको अधीनमा रही आफ्नो जिल्लामा सञ्चालन हुने मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम अनुसूची–१ बमोजिमको ढाँचामा तयार गरी आफ्नो कार्यालयमा टाँस गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको कार्यक्रम प्रमुख नाम दर्ता अधिकारीले सहायक नाम दर्ता अधिकारीलाई सम्बन्धित गाउँ विकास समिति र नगरपालिकाको वडा कार्यालयमा टाँस गर्न लगाउनु पर्नेछ ।
(३) सहायक नाम दर्ता अधिकारीले उपनियम (२) बमोजिमको कार्यक्रमको साथमा आयोगले यो नियमावली प्रारम्भ हंदाका बखत अनुसूची—२ बमोजिमको ढाँचामा तयार गरेको सम्बन्धित गाउँ विकास समिति र नगरपालिकाको वडाको ऐनको दफा ५ बमोजिम मतदाता नामावलीमा नाम समावेश हुन योग्यता पुगेको व्यक्तिको फोटोसहितको मतदाता नामावली यो नियमावली प्रारम्भ भएपछि पहिलो पटकको लागि र त्यसपछि सोही आधारमा तयार भएको तत्काल कायम रहेको फोटोसहितको मतदाता नामावली
कार्यक्रममा उल्लेख भए बमोजिम आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।
(४) सहायक नाम दर्ता अधिकारीले उपनियम (३) बमोजिम मतदाता नामावली प्रकाशन गर्दा अनुसूची–३ बमोजिमको ढाँचामा सूचना टाँस गरी गर्नु पर्नेछ ।
(५) प्रमुख नाम दर्ता अधिकारीले उपनियम (१) बमोजिम र सहायक नाम दर्ता अधिकारीले उपनियम (२) बमोजिम कार्यक्रम टाँस गर्दा र सहायक नाम दर्ता अधिकारीले उपनियम (३) बमोजिम मतदाता नामावली प्रकाशन गर्दा अनुसूची–४ बमोजिमको ढाँचामा मुचुल्का गर्नु पर्नेछ ।
(६) प्रमुख नाम दर्ता अधिकारी वा सहायक नाम दर्ता अधिकारीले यस नियम बमोजिमको कार्यक्रम सम्भव भएसम्म स्थानीय स्तरको कुनै सञ्चार माध्यमद्वारा प्रकाशन तथा प्रसारण गर्नु पर्नेछ ।
(७) प्रमुख नाम दर्ता अधिकारीले उपनियम (१) बमोजिम कार्यक्रम टाँस गरेको व्यहोराको जानकारी उपलब्ध भएसम्मका जिल्लास्थित राजनीतिक दलका कार्यालयमा पठाउनु पर्नेछ ।
स्पष्टीकरण :- यस उपनियमको प्रयोजनको लागि “राजनीतिक दल” भन्नाले व्यवस्थापिका– संसदमा प्रतिनिधित्व भएका राजनीतिक दल सम्झनु पर्छ र सो शब्दले आयोगमा दर्ता भएका अन्य राजनीतिक दललाई समेत जनाउँछ ।
(८) सहायक नाम दर्ता अधिकारीले उपनियम (२) बमोजिम कार्यक्रम टाँस गरेको व्यहोराको जानकारी ऐनको दफा ४१ बमोजिम गाउँ विकास समिति वा नगरपालिकाको वडामा गठन भएको सहयोग
समितिका सदस्यहरूलाई उपलब्ध गराउनु पर्नेछ ।