दफा १९
कार्यक्रम र बजेटको स्वीकृति
(१) सम्भाव्यता वा विकास कार्यक्रम र बजेट पेश भएपछि विभागले कार्यक्रम र बजेट मूल्याङ्कन गर्न चाहिने थप जानकारी तीस दिनभित्र ठेकेदारलाई पेश गर्न लगाउन सक्नेछ ।
(२) प्रत्येक सम्भाव्यता वा विकास कार्यक्रम र बजेट वा थप जानकारी पेश भएको साठी (६०) दिनभित्र विभागले सर्वमान्य तेल क्षेत्रको प्रचलन अनुरूप आफूले उचित देखेको संशोधन गर्न ठेकेदारलाई सल्लाह दिन सक्नेछ । ठेकेदारले आपसमा मञ्जुर भएबमोजिम संशोधन गरेपछि विभागले कार्यक्रम र बजेट स्वीकृत गर्नेछ ।
(३) नयाँ भौगर्भिक जानकारी वा बढी उपयुक्त पेट्रोलियम उद्योग प्रविधिको कारणले गर्दा स्वीकृत कार्यक्रम तथा बजेटमा संशोधन गर्न आवश्यक भएमा विभाग र ठेकेदारले संशोधन गर्न आपसमा मञ्जुर गर्नेछन्।