नियम ३३
कार्यक्रम संशोधन गर्न सकिने
(१) स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गतको कुनै कार्यक्रम कार्यान्वयन गर्न नसकिने भएमा वा स्वीकृत कार्यक्रमभित्रको अन्य कुनै क्रियाकलापमा खर्च गर्नु पर्ने अवस्था भएमा सम्बन्धित कार्यालयले त्यस्तो कार्यक्रम सम्पन्न गर्न नसक्नुको कारण तथा नयाँ कार्यक्रम सञ्चालन गर्नु पर्ने आधार उल्लेख गरी कार्यक्रम संशोधन गर्नको लागि तालुक केन्द्रीय निकायमा लेखी पठाउन पर्नेछ। त्यसरी लेखी पठाउँदा आवधिक योजना तथा कार्यक्रमको उद्देश्य, लक्ष्य र स्वीकृत बजेट अनुकूल हुने गरी पठाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम लेखी आएमा लेखा उत्तरदायी अधिकृतले सङ्घीय बिनियोजन ऐनको परिधिभित्र रही आवश्यकता तथा औचित्य समेतको आधारमा कार्यक्रम संशोधन गरी मन्त्रालयगत बजेट सूचना प्रणालीमा अच्चावधिक गर्न लगाउनु पर्नेछ। त्यसरी कार्यक्रम संशोधन गरेको जानकारी योजना आयोग, अर्थ मन्त्रालय र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई दिनु पर्नेछ।