नियम ४८
कार्यदल गठन गर्न सक्ने
(१) सरकारी वकीलको कार्य सम्पादनलाई प्रभावकारी बनाउन वा सरकारी वकीलसँग सम्बन्धित कुनै कानूनी व्यवस्थाको पुनरावलोकन गर्न वा सरकारी पक्षको प्रतिनिधित्व र प्रतिरक्षालाई प्रभावकारी बनाउनका लागि मझहान्यायाधिवक्ताको कार्यालयले आवश्यकता अनुसार विभिन्न कार्यदल वा अनुसन्धान समूह गठन गरी जिम्मेवारी दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम गठन भएका कार्यदल बा अनुसन्धान समूहको कार्यादेश र जिम्मेवारी महान्यायाधिवक्ताको कार्यालयले निर्धारण गरे बमोजिम हुनेछ।