नियम ७९
कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनबाट हुने बढुवा
(१) ऐनको दफा ३५ बमोजिम कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा हुने बढुवा देहाय बमोजिम हुनेछ :-
(क) ऐनको दफा ३५ को उपदफा (१) वा उपदफा (२) बमोजिम सेवा अवधि पूरा हुने कर्मचारीहरूबाट एक महिनाको समयावधि राखी आश्विन एक गते र चैत्र एक गते दरखास्त आह्वान गरिनेछ ।
(ख) दरखास्त फाराम पेश गर्ने म्याद समाप्त भएको दुई महिना भित्रमा ऐनको दफा ३५ को उपदफा (४) बमोजिमको बढुवा समितिले प्राप्त भएका सबै दरखास्त फारामहरूको छानविन गरी माघ एक र श्रावण एक गतेदेखि जेष्ठता कायम हुने गरी पौष र आषाढ महिना भित्रमा बढुवाको सिफारिस गर्नेछ ।
(ग) खण्ड (ख) बमोजिम बढुवा सिफारिसको सूचना सार्वजनिक गर्नु पर्नेछ । उक्त सिफारिसमा चित्त नबझ्ने कर्मचारीले एक्काईस दिनभित्र लोक सेवा आयोग समक्ष उजुरी दिन सक्नेछ ।
(घ) खण्ड (ग) बमोजिम उजुरी उपर छानविन गर्दा कुनै कर्मचारीको बढुवा हुने भएमा लोक सेवा आयोगले त्यस्तो कर्मचारीको नाम समेत सोही बढुवामा समावेश गरी बढुवा गर्न सिफारिस गर्नेछ ।
(ङ) लोक सेवा आयोगले उजुरी सुनुवाईको क्रममा बढुवा समितिबाट सिफारिस भएका कर्मचारीको हकमा समेत बढुवा उजुरी परेको मितिले पन्ध्र दिनभित्र बढुवा सिफारिस पुनरावलोकन गर्न सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस नियम बमोजिम बढुवाको नामावलीमा नाम समावेश भएको कर्मचारीले बढुवाको नियुक्ति नलिँदै कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवामा समेत नाम समावेश भएमा निजलाई यस नियम बमोजिम बढुवा नामावली प्रकाशन भएको पन्ध्र दिन भित्र रोज्न लगाई कुनै एउटा बढुवामा नियुक्ति दिइनेछ ।