दफा १०
कार्यसम्पादन मूल्याङ्कन समिति

१०. कार्यसम्पादन मूल्याङ्कन समितिः

(१) अध्यक्ष तथा सदस्यको कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रयोजनका लागि देहाय बमोजिमको कार्यसम्पादन मूल्याङ्कन समिति रहनेछः–

(क) राष्ट्रिय योजना आयोगको उपाध्यक्ष –संयोजक
(ख) नेपाल सरकारको मुख्य सचिव –सदस्य
(ग) अर्थ मन्त्रालयको सचिव –सदस्य–सचिव

(२) कार्यसम्पादन मूल्याङ्कन समितिले कार्यसम्पादन सूचकाङ्क निर्धारण गरी सोही आधारमा अध्यक्ष तथा सदस्यहरूको कार्यसम्पादनको मूल्याङ्कन गर्नेछ ।
(३) कार्यसम्पादन मूल्याङ्कन समितिले अध्यक्ष तथा सदस्यहरूको कार्यसम्पादन मूल्याङ्कन प्रत्येक वर्ष साउन मसान्तभित्र गरी सो को प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।