दफा ४४
कार्यसम्पादनमा आधारित सम्झौता गर्नु पर्ने
(१) समितिले कार्यकारी निर्देशकको नियुक्ति गर्नुपूर्व
निजसँग कार्यसम्पादनमा आधारित सम्झौता गर्नु पर्नेछ ।
ज्ञद्द
(२) उपदफा (१) बमोजिम सम्झौता गर्दा कार्यकारी निर्देशकले सम्पादन गर्नु पर्ने कार्य, सोको
कार्ययोजना तथा अनुगमन र मूल्याङ्कनका सूचक सम्बन्धी व्यवस्था कार्यसम्पादन सम्झौतामा उल्लेख गर्नु
पर्नेछ ।