दफा १७
कार्यालय स्थापना गर्न सक्ने

(१) प्राधिकरणले पुनर्निर्माण सम्बन्धी काम वा त्यस्तो कामको सुपरीवेक्षण, अनुगमन र समन्वय गर्न, गराउन आवश्यकताअनुसार कार्यालय स्थापना गर्न सक्नेछ ।
(२) उपदफा (१) बामोजिम स्थापना भएका कार्यालयको काम, कर्तब्य र अधिकार प्राधिकरणले तोके बमोजिम हुनेछ ।