दफा
कार्यालयको काम, कर्तव्य र अधिकार
 कार्यालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) बोर्डबाट स्वीकृत परियोजनामा प्रतिस्पर्धाका लागि लगानीकर्ताबाट तोकिए बमोजिम प्रस्ताव आह्वान गर्ने,
(ख) लगानीकर्ताहरुले पेश गरेको लगानी सम्बन्धी प्रस्तावहरुको मूल्याङ्कन तथा परियोजना विश्लेषण गरी बोर्ड समक्ष पेश गर्ने,
(ग) बोर्डद्वारा स्वीकृत शर्तहरुको आधारमा लगानीकर्तास“ग वार्ता वा सम्झौता गर्ने,
(घ) सम्झौता अनुरुप परियोजना कार्यान्वयन गर्न लगानीकर्तालाई उत्प्रेरित गर्ने,
(ङ) परियोजनाको कार्यान्वयनको अनुगमन गर्ने तथा समय तालिका बमोजिम परियोजना कार्यान्वयन नभएको देखिएमा तोकिए बमोजिम अनुमति रद्द गर्नका लागि बोर्ड समक्ष सिफारिस गर्ने,
(च) परियोजना कार्यान्वयनमा देखिएका समस्याको निराकरण गर्ने,
(छ) स्वीकृत परियोजना कार्यान्वयन समयमा नगरेमा लगानीकर्तालाई सचेत गराउने तथा सचेत गराउँदा पनि परियोजना कार्यान्वयन नभएमा तोकिए बमोजिम कारबाहीको सिफारिस गर्ने,
(ज) लगानीकर्ताहरुलाई दिइएका आर्थिक वा गैरआर्थिक सुविधा उपलब्ध हुने व्यवस्था मिलाउने,
(झ) कुनै क्षेत्रमा दिइएको सुविधा अपर्याप्त भएको वा अन्य कुनै कारणबाट लगानी निरुत्साहित भएको देखिएमा सोको सुधारका उपाय बोर्ड समक्ष पेश गर्ने,
(ञ) कुनै विशेष लगानीका क्षेत्र वा उपक्षेत्रमा विशेष ध्यान दिन आवश्यक देखिएमा सोको सुझाव बोर्ड समक्ष पेश गर्ने,
(ट) बोर्डले तोकेको प्रशासनिक तथा अन्य कार्य गर्ने वा गराउने ।